Categories खेलकुद

दिल्लीमा हुन लागेको प्रतियोगितामा सहभागि खेलाडीको विदाई

वीरगंज । दिल्लीमा हुन लागेको दिल्ली साउथ एसियन च्याम्पियनसिप प्रतियोगितामा भाग लिन जान लागेका खेलाडीलाई सितोरियो कराते संघ पर्साले एक कार्यक्रमकाबीच मंगलबार विदाई गरेको छ ।

प्रतियोगितामा भाग लिन वीरगंजबाट ९ जनाको टोली दिल्ली लागेको संघ पर्साका उपाध्यक्ष सुवाष श्रेष्ठले जानकारी दिए ।

Advertisement

खेलाडीहरुलाई फुल माला लगाएर विदाई गरिएको उनले बताए । दिल्लीको लालकटोर रंगशाला इन्दौरमा आउँदो २१ र २२ गते प्रतियोगिता हुने पनि उनले जानकारी दिए ।

Advertisement

विदाई कार्यक्रममा संघका अध्यक्ष सन्तोष सर्राफले खेलाडीलाई देशको नाम राख्ने गरि कुशल प्रदर्शन गरेर देखाउन आग्रह गर्दै विजयको अग्रिम शुभकामना दिए ।

विदाई कार्यक्रममा संघका सचिव उदय नारायण, कोषाध्यक्ष राकेश श्रेष्ठ, विकास साह, नसिम अहमद, राजकुमार हमतो लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *