Categories अर्थ

आज सुनको मूल्य तोलामा २ सयले बढ्दा चाँदी १० रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

Advertisement

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ७००, तेजावी सुनको मूल्य १ लाख २० हजार १०० र चाँदीको मूल्य १ हजार ४७५ रुपैयाँ तोकिएको छ ।

Advertisement

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५००, तेजावी सुन १ लाख १९ हजार ९०० र चाँदीको मूल्य १ हजार ४८५ रुपैयाँ तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *