Categories समाचार

धरानका मेयर साम्पाङले हटाए आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो

Advertisement

वीरगन्ज । धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन। 

केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर कार्यकक्षबाट हटाएका हुन्। उनले कार्यकक्षमा यलम्बरको तस्बिर राखेका छन।

Advertisement

पछिल्लो समय धरानमा विमानस्थल बनाउन केन्द्रले चासो नदिएको भन्दै साम्पाङले रोष प्रकट गरिरहेका थिए।
प्रतिक्रिया माग्न सेतोपाटीले फोन गर्दा उनको सचिवालयले धरान नै आउन भन्यो।

Advertisement

मेयर साम्पाङले हिजो मात्रै केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको तस्बिर राख्ने भनेर सामाजिक सन्जालमा राखेका थिए। सेतोपाटीबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *