Categories पत्रपत्रिका

इन्टरपोलमा नेपाल प्रहरीले आफ्नो भूमिका बढाउँदै

Advertisement

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मा नेपाल प्रहरीले आफ्नो भूमिका बढाउँदै लगेका कारण नेपालमा विभिन्न अपराध गरी विदेशका विभिन्न स्थानमा लुकेर बसेका आरोपितलाई नेपाल फिर्ता गराउने क्रम बढेको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार रेड कर्नर नोटिस जारी भएका आरोपितमध्ये सबैभन्दा बढी पछिल्ला दुई वर्षमा नेपाल फिर्ता ल्याइएका छन् । सन् २०२२ मा ११ आरोपित र २०२३ मा पाँच जना आरोपित नेपाल ल्याइएको छ । साढे ३३ केजी सुन तस्करीका आरोपित हरिशरण खड्कालाई  ११ जुलाई सन् २०२० मा नेपाल फिर्ता गरिएको थियो । 

Advertisement

सन् २०२१ मा चार जना आरोपितलाई इन्टरपोलमार्फत नेपाल झिकाइएको थियो । सुन तस्करीका आरोपित उमेश उप्रेती, मोहनकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाल तथा बैङ्किङ कसुरका आरोपित केदार ढुङ्गानालाई पोर्चुगल तथा हत्याका आरोपित काजीमान गुरुङलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । सन् २०२२ मा नेपालमा हत्या गरी विदेशमा लुकेका ११ जनालाई विभिन्न मुलुकबाट पक्राउ गरी नेपाल ल्याएर कानुनी दायरामा ल्याइएको छ ।

Advertisement

जसमध्ये हत्याका आरोपित गोविन्द मगर, भोगेन्द्रप्रसाद यादव, अशोक गुरुङ रामकुमार मगर, राजीव कुमार मण्डल, शिवशरण चौधरी रहेका छन् । यसै गरी सुन तस्करीका आरोपित प्रयास पराजुली, विदेशी मुद्राको अपचलन गर्ने नवराज सिम्खडा, बलात्कारका आरोपित कुमार धामी, सन्दीप लामिछाने, अपहरण तथा शरीर बन्धकको आरोपित सुदीप खड्कालाई पक्राउ गरी नेपाल ल्याइएको थियो । 

आफ्नो देशमा अपराध गरी नेपालमा लुकेर बसेका दुई जना चिनियाँलाई नेपाल प्रहरीले उनीहरूकै देशमा फिर्ता पठाएको छ । जसमध्ये जबरजस्ती करणीका आरोपित यु ऐहाई, तथा तोडफोडका आरोपित झाङ झोङमोउ रहेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *