Categories समाचार

९ लाख मूल्य बराबरको प्याज ट्रकसहित नियन्त्रणमा

Advertisement

वीरगञ्ज । बिलमा गिट्टी देखाएर प्याज लोड रहेको ट्रकलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको ना ६ ख २६२५ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा चेकजाचका क्रममा बिलमा गिट्टी देखाएर प्याज लोड गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । 

Advertisement

प्रहरी चौकी पथलैयाले चेकजाँच गर्दा ट्रकमा १७ टन ७ सय ३० किलोग्राम प्याज फेला परेको हो । अन्दाजी ९ लाख ३० हजार ८ सय २५ रुपैयाँ मूल्य बराबरको प्याजलाई ट्रकसहित नियन्त्रणमा लिइएको छ ।

Advertisement

थप अनुसन्धानका लागि नियन्त्रीत ट्रकलाई प्याजसहित राजस्व कार्यालय पथलैयामा बुझाइएको प्रहरी उपरीक्षक काफ्लेले बताए । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *