Categories हाइलाइट-समाचार

बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एकको मृत्यु

Advertisement

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ।  

प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको मृत्यु भएको किष्ट अस्पतालले पुष्टि गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ ।  

Advertisement

आज रोजगार अनुमति प्रणाली (इपिएस)आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

Advertisement

उहाँले भन्नुभयो, “आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पु¥याएको छ ।”

ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *