Categories समाचार

भोजपुरी चलचित्र र मधेसका कलाकारको उत्थानमा ध्यान दिन मेयर सिंहको आग्रह

Advertisement

वीरगञ्ज । नेपाली भाषाका मात्र नभई भोजपुरी चलचित्रहरू पनि बनाउन मेयर सिंहले आग्रह गरेका छन् ।

शुक्रवार वीरगञ्जमा आयोजित भोजपुरी सिने अवार्ड समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मेयर सिंहले यस्तो बताएका हुन् । 

Advertisement

उनले भने, ‘वीरगञ्जलाई वैभव वीरगञ्ज बनाउने अभियानमा हामी लागेका छौँ । एक वर्षमा वीरगञ्जमा केही परिवर्तन ल्याएका छौँ । अबको एक वर्षपछि वीरगञ्जको मुहार अझ फेरिनेछ ।’

Advertisement

मेयर सिंहले वीरगञ्जलाई “वैभव वीरगञ्ज” बनाउने अभियानमा आफूले नेपाली चलचित्र क्षेत्रका कलकारहरूको साथ र सहयोगको अपेक्षा गरेको पनि बताए ।

कार्यक्रम सहभागी नेपाली चलचित्र बोर्डका अध्यक्ष एवम् नायक भुवन केसी, वरिष्ठ अभिनेता नीर शाह लगायतका कलकारहरूलाई इङ्गित गर्दै मेयर सिंहले भोजपुरी चलचित्र र मधेसका कलाकारको उत्थानमा ध्यान दिन आग्रह गरे ।

उनले भने, ‘काठमाडौँको खाल्डोबाट बाहिर निस्किएर मधेसलाई पनि हेरिदिनुस् । नेपाली भाषाका मात्र नभई भोजपुरी भाषाका चलचित्रहरू पनि बनाइदिनुस् । मधेसका सिने कलाकारहरू ओझेलमा छन् । उनीहरूको कला र क्षमतालाई प्रोत्साहन गरिदिने वातावरण र अवसर प्रदान गरिदिनुस् ।’

उनले पहिलो पटक आयोजित भोजपुरी सिने अवार्डलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । त्यसका लागि वीरगञ्ज महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *