Categories समाचार

जसपा नेपालको विद्यार्थी संगठन पर्साको एकैदिन दुई छुट्टा छुटटै जिल्ला कार्य समिति पुर्नगठन

Advertisement

वीरगन्ज । पर्सामा जनता समाजवादी पार्टी नेपालको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन पर्साको एकैदिन दुई छुट्टा छुटटै जिल्ला कार्य समिति पुर्नगठन गरिएको छ ।शनिबार वीरगन्जको दुई छुट्टा छुट्टै स्थानमा सम्पन्न युनियनमा आबद्ध विधार्थी र जसपाका नेताहरुको भेलाले दुई छुट्टा छुट्टै जिल्ला कार्यसमिति पुर्नगठन गरेको हो ।

हरिन्द्र साहको अध्यक्षतामा गठित समाजवादी विद्यार्थी युनियन पर्साको जिल्ला कार्य समितिको उपाध्यक्षमा विवेकराज पटेल, दिपेन्द्र गुप्ता, अन्जना मल्लिक सचिवमा आयुष यादव, सहसचिवमा दिपक कुमार पटेल लगायत रहेका छन् ।
विद्यार्थी युनियनको केन्द्रीय पदाधिकारी बैठकले गएको मंसिर २७ गते साहलाई पर्सा जिल्ला संयोजकको जिम्मेवारी दिँदै जिल्ला कार्य समिति विस्तार गर्न निर्देशन दिए अनुसार शनिबार जिल्लाभरका विद्यार्थीको भेलाले सर्वसम्मत जिल्ला कार्यसमिति विस्तार गरेको समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव निखिल वर्णवाले बताए ।

Advertisement

उक्त बैठकमा जसपाका केन्द्रीय सदस्य समेत रहेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पार्टीलाई शसक्त बनाउन युवा विद्यार्थीको खाँचो रहेको भन्दै विधि विधानमा रहेर सबै हिँड्न जरुरी रहेको बताए ।मेयर सिंहले पुनर्गठित विद्यार्थी युनियनले सबैलाई समेट्ने गरि काम गरेर देखाउन आग्रह गरे । कार्यक्रममा जसपाका केन्द्रीय सदस्य भिमा यादव, जिल्ला समन्वय समिति पर्साका अध्यक्ष अजय सर्राफ, पार्टीका वरिष्ठ नेता प्रेमबाबु पटेल, जिल्ला सचिव उमेशलाल सहनी, नगर अध्यक्ष इश्वर यादव, संघीय परिषद सदस्य शिवजी सोनी, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव निखिल वर्णवाल लगायतको सहभागिता रहेको थियो ।

Advertisement

शनिबार नै सम्पन्न अर्को भेलाले एजाज बाबु रकीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति पुर्नगठन गठन भएको हो ।उक्त जिल्ला समितिको उपाध्यक्षमा सागिर अलि, विशाल महतो, सचिवमा, अविद हुसैन, सहसचिव सागर राउत कोषाध्यक्षमा लक्ष्मी शाह सदस्यहरु दिल्खुश देवान, सन्दिप चौरसिया, राजकुमार साह, सागर साह लगायत रहेका छन् ।

अध्यक्ष रकीको अध्यक्षतामा भएको भेलामा जसपाका केन्द्रीय सदस्य सुरेन्द्र कुर्मी, फिरोज मन्सुरी, प्रदेश सदस्य अर्द कमाल, जसपा जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल, वीरगन्ज १६ का निवर्तमान वडाध्यक्ष श्याम बाबु चौरसिया, वडाध्यक्ष पशुराम चौरसिया, केन्द्रिय कमिटी विद्यार्थीका उपअध्यक्ष आमोद यादव लगायतको उपस्थिती रहेको थियो । मधेसखबरबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *