Categories समाचार

१८ लाख रुपैयाँ नक्कली नोट सहित एक युवक पक्राउ

Advertisement

वीरगन्ज । रौतहटबाट १८ लाख रुपैयाँ भन्दा बढीको नेपाली नक्कली नोट सहित एक युवकलाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुरका २५ वर्षीय सन्दीप जयसवाल छन् ।

Advertisement

उनलाई रौतहटको देवाही गोनाही नगरपालिका–८ पटेल चोकबाट प्रहरीले १८ लाख ४३ हजार रुपैयाँको नक्कली नोट सहित पक्राउ गरेको हो ।

Advertisement

पटेल चोकमा सवारी चेकजाँचको क्रममा प्रहरीले जयसवालको साथबाट १ हजार ८४३ थान १ हजार दरको नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।

जयसवालको साथबाट विभिन्न बैंकको ५ थान एटिएम कार्ड र १६ लाख ६५ हजार उल्लेख भएको चेक समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *