Categories समाचार

कलैया उपमहानगरद्वारा मानव सेवा आश्रमलाई नगद १ लाख रुपैयाँ सहयाेग

Advertisement

वीरगन्ज । बाराकाे कलैया उपमहानगरपालिकाले पर्साकाे वीरगन्जस्थित मानव सेवा आश्रमलाई नगद १ लाख रुपैयाँ सहयाेग गरेको छ।

कलैया उपमहानगरपालिकाकाले बिहीबार मानव सेवा आश्रम वीरगन्ज शाखालाई १ लाख रुपैयाँ सहयाेग गरेकोे हाे।कलैया उपमहानगरका मेयर विनाेद साहले सामाजिक अभियन्ता प्रकाश थारुलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेकाे मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ताले जानकारी दिए।

Advertisement

गुप्ताका अनुसार वीरगन्जस्थित आश्रमकाे शाखामा हाल सडक र सार्वजनिक स्थलबाट उद्धार गरिएका अनाथ,बेसहारा,असक्त,असहाय र अभिभावकविहिन गरी ६५ जना भन्दाबढीलाई आश्रय दिएर राखिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *