श्याम सरार्फ
वीरगञ्ज । सुस्त मनस्थिति भएका बालबालिकाहरुको अभिभावकका लागि वरदान बनेको आशा किरण केन्द्रले आफ्नो वार्षिकोत्सब मनाएको छ ।
पछिल्ला केही वर्षदेखि नयाँ प्रयासमा जुटेको सो संस्थाले फरक छमता भएका बालबालिकाहरुको हेरचाह संगै पढाइलेखाइ तथा पालनपोषणमा अग्रसरता देखाएको देखिन्छ ।
संस्थाका अध्यक्ष सुनिल गुप्ताको अध्यक्ष्तामा भएको सो कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले राष्ट्रिय झण्डा फहराइ कार्यक्रमको उद्घाटन गरेका थिए ।

विशिष्ट अतिथिका रुपमा पूूर्व मेयर विजय सरावगी, महानगर सदभावना दुत अशोक बैध, शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्ण, वडा अध्यक्ष आशुतोष चतुर्वेदी लगायतको उपस्थिति रहेको संस्थाका महासचिव राजन श्रीवास्तवले जानकारी गराए ।
सोही अवसर पारेर केन्द्रलाई सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाइ कदर पत्रले सम्मान गरिएको थियो ।
मन्तव्य राख्दै प्रमुख अतिथि मेयर सिंहले यस संस्थाले गरिरहेको काम सराहनीय रहेको भन्दै प्रशंसा गरे । उनले भने,`सकारात्मक र समाजका लागि हरएक काममा महानगर हातेमालो गर्न तयार रहेको र अर्को वार्षिकोत्सब कार्यक्रममा सहभागी हुँदा सकारात्मक परिवर्तन देखिने बताए ।
‘सुस्त मनस्थितिको अपांगता अन्य अपांगता भन्दा बढी जटिल र अप्ठ्यारो हुन्छ । परिवारमा कोहि एकजना सुस्त मनस्थितिका भए परिवारका सबै सदस्यलाई समस्या हुनेगरेको देखिन्छ ।

आफ्नो हेरचाह समेत आफै गर्न नसक्ने त्यस किसिमको अपांगता भएकाहरूलाई हेरचाह सहित सम्पूर्ण कर्म र क्रियाकलाप अरुले गराइदिनुपर्छ ।
फरक छमता भएका त्यस किसिमका बालबालिकालाइ परिवारका अरु बालबालिका जस्तै स्कुल पठाइदैन, खेलकुद लगायतका क्रियाकलाप गर्ने बाताबरण मिलाइदैन । कतिले त घरको कोठा भित्र कैद गरेर राखेको समेत देखिन्छन । वा बाहिरै राख्नुपरे हातखुट्टा बाधेर राखेको घटना पनि कयौंपटक सार्वजनिक भएको देखिन्छ ।
खासमा त्यस्ता बालबालिका प्रतिको लगाव कम हुदै जानू र अब इनहरुले केहि गर्न सक्दैनन् भनेर बोझ मान्ने पारिवारिक मनस्थितिले झन् त्यस्ता बालबालिकाहरूलाई पिडा दिरहेको यस सम्बन्धि कार्य गर्नेहरु बताउँछन् ।
समान्यता त्यस किसिमका बालबालिकालाई बिधालयहरुले भर्ना लिन मान्दैन र मानेपनि पढाइ बापत तिर्नुपर्ने रकम महंगो भएकाले निम्न वर्गका परिवारले सुस्त मानसिकता भएको बालबालिकालाई घरमै थुनेर राख्न बाध्य रहेको देखिन्छ ।
सोही समस्याको समाधान गर्न वीरगञ्जमा एक बिधालयको शुरुआत भयो जहा फरक छमता भएका तथा सुस्त मनस्थितिका बालबालिकालाई पढाइने भएपछि त्यस्ता बालबालिका रहेका परिवारलाई राहत भएको छ ।

वीरगञ्जको सिद्धाथ स्कुल परिसरमा सञ्चालन भइरहेको आशा किरण केन्द्रले कैयौं परिवारको आशा जगाएको छ । सुस्त मनस्थितिका बालबालिकालाई दिवा हेरचाह, पढाइ लेखाइका साथै विभिन्न किसिमका खेलकुद, मनोरञ्जन र क्रियाकलाप निशुल्कनै गराइरहेकोले घर बाहिर समेत ल्याउन नमान्ने परिवार अहिले आफैं आफ्ना सन्तानलाई बिधालय लिएर आउने केन्द्र कि नुतन सरावगीले बताउनु हुन्छ ।
कार्यक्रममा डाक्टर लक्ष्मी थापा, समाजिक अभियन्ता प्रकाश थारु, कमल चौलागाईं, महेश सिंह धामी, विक्की सरार्फ, राधेश्याम गुप्ता लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण केन्द्रका महासचिव श्रीवास्तवले गरेका हुन।







