Categories समाचार

पक्राउ परेका बमजनको घरबाट ३ करोड रूपैयाँ, १५ वटा मोबाइल, ३ ल्यापटप र १५ पेनड्राइभ बरामद

Advertisement

काठमाडौं । तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ फेला पारेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र होइन विदेशी मुद्रा पनि फेला परेको छ।

Advertisement

‘बमजनको घरबाट बरामद नेपाली रूपैयाँ गनेर सकियो। तीन करोड तीस लाख ७५ हजार रहेछ। सबै हजार हजारको गड्डीहरू भेटिएको छ। अब बरामद भएको विदेशी पैसा गन्न बाँकी छ। डलर लगायत अरू पनि करेन्सी छन्,’ ब्युरो प्रमुख किरण ब्रजाचार्यले भनिन्।

Advertisement

उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ।

सिआइबी प्रमुख ब्रजाचार्यका अनुसार बमजनले अहिलेसम्म धेरै कुरा बोलेका छैनन्। आजसम्म कहाँ लुकेर बसेको भन्ने प्रश्नको जवाफमा विभिन्न जंगलहरूमा, कहिले आफन्तको घरमा बस्दै आएको मात्र उनले बताएका छन्।

प्रहरीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो। प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए।

प्रहरीले केहीसमय अघिदेखि उनी काठमाडौंमा बस्दै आएको भन्ने सूचनाका आधारमा निगरानी बढाएको थियो।

पाँच वर्षअघि सञ्चारमाध्यममा बमजनले चलाएको हत्या हिंसा र बलात्कारको फेहरिस्त प्रकाशित भएपछि पिडित परिवारले उनी विरूद्ध उजुरी दिएका थिए।

उनी विरूद्ध आश्रममा बस्दै आएका तीन आनी र २ चेला गरि ५ जनालाई बेपत्ता पारेको, एकजनाको हत्या गरेको, एकजनालाई बलात्कार गरेको जाहेरी प्रहरीमा परेका छन्।

आफूलाई हुँदै बमजनले बलात्कार गरेको भन्दै गंगामायाले दिएको उजुरी पछि प्रहरीले सर्लाही जिल्ला अदालतमा मुद्दा लगेको छ। उक्त मुद्दा मा उनलाई पक्राउ गर्न अदालतले नै पुर्जी जारी गरेको थियो। साभार:सेताेपाटीबाट

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *