Categories एजेन्सी

कोठामा कोइला बालेर सुतेका पाँचजना बालबालिकाको निसास्सिएर मृत्यु

Advertisement

वीरगन्ज । भारतको उत्तर प्रदेशको अमरोहा जिल्लामा निसास्सिएर एकै परिवारका पाँच बालबालिकाको मृत्यु भएको छ ।

अमरोहा जिल्लाको ढाका गाउँमा कोठामा कोइला बालेर खाना पकाइएपछि सोही कोठामा सात जना सुतेका थिए। जसमा तीन बालिका र दुई बालकको निसास्सिएर मृत्यु भएको अमरोहा जिल्ला मजिस्ट्रेट राजेश त्यागीले जानकारी दिए ।

Advertisement

कोठामा अक्सिजनको अभावका कारण उनीहरूको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

Advertisement

दुई जनालाई उपचारका लागि अस्पताल पठाइएकोमा उनीहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *