Categories समाचार

वीरगन्ज महानगरको १४ औँ अधिवेशन : चालु आ.ब.को बजेट २५ करोड बढ्यो

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको नगरसभाको १४ औँ अधिवेशनले चालु आर्थिक वर्षको वार्षिक बजेटमा २५ करोड रुपैयाँ थप गर्नुका साथै विभिन्न योजना तथा कार्यक्रमहरु परिमार्जनपनि गरेको छ ।

बुधबारदेखि सुरु १४ औं अधिवेशनको नगरसभाले वार्षिक बजेट तथा कार्यक्रममा परेर पनि कार्यान्वयनमा आउन नसक्ने अवस्था रहेका कार्यक्रम परिमार्जन गर्दै चालु आर्थिक वर्षको बजेट थप गरेको हो ।

Advertisement

अधिवेशनले विनियोजन ऐन २०८० मा समावेश भएको चालु आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक बजेट ३ अर्ब २१ करोडमा २५ करोडबाट बढाएर ३ अर्ब ४६ करोड पु¥याएको हो।अधिवेशनले खानेपानीका लागि महानगरबासीको ४ हजार घरधुरीमा धारा जडान गर्न ८० लाख रुपैयाँ थप छुट्याएको नगरभामा मेयर राजेशमान सिंहले बताए।

Advertisement

भारतीय दूतावाससँगको सहकार्यमा महानगरका ४ हजार घरधुरीमा धारा जडानका लागि थप बजेट छुट्याइएको महानगरका मेयर सिंहले बताए । दूतावासको ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी हुने गरि धारा जडानको कार्य अघि बढाउन बजेटमै संशोधन गरेर महानगरले भुक्तानी गर्नु पर्ने २० प्रतिशत रकम विनियोजन गरेको उनले बताए ।

यस्तै बुधबारदेखि सुरु नगरसभामा मेयर सिंहले विभिन्न विधेयकहरु पनि पेश गरे ।वीरगन्ज महानगर सभाको कार्य संचालन विधेयक, संस्कृति तथा सम्पदा संरक्षण एवं सम्बद्र्धन विधेयक, संघसंस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक सभामा पेश गरिएको हो ।
साथै वस्ति विकास शहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजत सम्बन्धी कार्यविधि २०७५ तेस्रो संशोधन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण संशोधन विधेयकपनि पेश भएको छ ।

आवश्यक कानुन अभावमा काम गर्न असहज भएकाले सभामा विधेयक पेश गरेको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए ।बुधबारदेखि सुरु नगरसभामा उपमेयर इम्तियाज आलम,तथा नगरसभा सदस्यहरुको सहभागिता रहेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *