Categories समाचार

अन्तर विद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा चार स्कुल भिड्दै

वीरगन्ज । डिएभी केडिया स्कुलद्वारा आयोजित “श्री शंकर लाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिता”को सेमिफाइनल खेल भोलि हुँदै ।

सेमिफाइनलमा चारवटा स्कुल पुगेको छ । भोलि हुने सेमिफाइनलको पहिलो खेलमा मुनलाईट स्कुल र जीवन ज्योति स्कुल भिड्नेछ भने दोस्रो खेलमा साउथ जोन र मोर्डन हाई स्कुल बीच प्रतिस्पर्धा हुने विद्यालयले जनाएको छ ।

Advertisement

आज भएको खेलमा मोर्डन स्कुलले डिपिएस स्कुललाई ५-१ को अन्तरले पराजित गरेको थियो । म्यान अफ द म्याचको उपाधि मोर्डन स्कुलका संदिप यादवले आफ्नो नाम गरेका थिए ।

Advertisement

पुष २२ गते देखि २७ गते सम्म चल्ने उक्त प्रतियोगितामा वीरगन्जका १० वटा विद्यालयले भाग लिएका छन्‌।

डिएभी केडिया स्कुलको प्रांगणमा भइरहेको प्रतियोगितामा विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको प्रधानाध्यापक राकेश मिश्राले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *