Categories धर्म/संस्कृति

११ जना युवाहरु पैदल अयाेध्या यात्रामा, मेयर सिंहले गरे विदाई

Advertisement

वीरगन्ज । भारतकाे अयाेध्यामा नवनिर्मित राममन्दिरकाे समुद्घाटनमा सरिक भई दर्शन र पूजापाठका लागि वीरगन्जका युवाहरुकाे एक समुह १० दिने पैदल अयाेध्या यात्रामा निस्किएको छ।

राष्ट्रिय बजरंग दल पर्साका ११ जना युवाहरुकाे टाेली बिहीबार बिहान वीरगन्जबाट पैदल अयाेध्या यात्रामा निस्किएको हाे।

Advertisement

भगवान रामकाे जन्मभूमि अयाेध्यामा नवनिर्मित राममन्दिरमा जनवरी २२ तारिक अर्थात माघ ८ गते भगवान रामकाे मूर्ति प्राणप्रतिष्ठासंगै समुद्घाटन समाराेह हुदैंछ।

Advertisement

त्यहि समाराेहमा सरिक हुन र पूजापाठ गर्नका लागि वीरगन्जबाट बजरंग दलका युवाहरु बिहीबार बिहान १० दिनकाे पैदल अयाेध्या यात्रामा निस्किएका हुन् ।वीरगन्जबाट अयाेध्याकाे दूरी ३५० किलोमिटर छ।

वीरगन्जबाट अयाेध्याका लागि प्रस्थान गरेकाे बजरंग दलका युवाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले माईस्थानस्थित गहवामाई मन्दिर परिसरमम फूलकाे माला र खादा लगाएर विदाई गरे।

वीरगन्जबाट भगवान् रामका लागि धातुकाे धनुष-वाण लगायतका काेसेली लिएर हिडेकाे टाेली भारतकाे बिहार र उत्तर प्रदेशका विभिन्न शहरकाे प‌दल यात्रा गर्दै १० दिनमा राम जन्मभूमि अयाेध्यामा पुग्ने लक्ष्य रहेकाे पैदल यात्रामा सहभागी वीरगन्ज -१० का युवा मुन्ना साह कानुले बताए ।अयाेध्यामा पुगेर नवनिर्मित राममन्दिरकाे समुद्घाटन समाराेहमा सरिक भई पूजापाठपनि गर्ने उनले बताए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *