Categories समाचार

महाबिर पुनको पुस्तकले कमायो डेढ करोड भन्दा बढी रुपैयाँ

Advertisement

वीरगन्ज । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवन कथामा आधारित पुस्तकको २५ हजारभन्दा बढी प्रति बिक्री भएको छ ।

गत असोज २८ मा सार्वजनिक भएको उनको पुस्तक ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ तीन महिनाको अवधिमा यो संख्यामा बिक्री भएको हो ।

Advertisement

अहिलेसम्म २५ हजार प्रति पुस्तक बिक्री भइसक्यो,” पुनले टेकपानासँग भने, “अहिले म पुस्तक बिक्री गर्ने अभियानमा विभिन्न जिल्ला पुगिरहेको छु ।”

Advertisement

पुस्तकको मूल्य ७५० रुपैयाँ तोकिएको छ । सोही सङ्ख्यालाई २५ हजार प्रतिले गुणन गर्दा एक करोड ८७ लाख ५० हजार रुपैयाँ हुन आउँछ ।

पुनले पुस्तक बिक्री गरेर आएको आम्दानीले वीरगञ्जमा रहेको कृषि औजार कारखानाको मर्मत सम्भार गर्ने बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *