Categories समाचार

लुकिछिपी लगाइएको अवैध गाँजा खेती प्रहरीद्वारा नष्ट

वीरगन्ज । पर्साकाे ठाेरीमा लुकिछिपी लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेकाे छ।ठाेरी गाँउपालिका वडा नम्बर २ रामनगर र बुद्धनगरमा लगाईएकाे गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेकाे हाे ।

ईलाका प्रहरी कार्यालय ठाेरीबाट खटिएको १० जना प्रहरीकाे टाेलीले दुई कठ्ठा १० धुर जग्गामा लगाइएकाे करिब १ हजार ५ सय वटा गाँजाकाे बाेट फडानी गरी नष्ट गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Advertisement

उक्त गाँजा खेती गर्ने व्याक्तिहरुकाे पहिचान गरी उनिहरुकाे खाेजी भईरहेकाे पर्साका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *