Categories समाचार

स्रोत नखुलेको झन्डै ६ लाख रुपैयाँसहित एक जना पक्राउ

Advertisement

रौतहट । रौतहटमा सशस्त्र प्रहरीले स्रोत नखुलेको झन्डै ६ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलका प्रमुख इन्स्पेक्टर नरेन्द्र कुमार पाटामगर नेतृत्वको टोलीले शनिवार ५ लाख ९४ हजार रुपैयाँसहित परोहा नगरपालिका ८ का दिनेशप्रसाद कुशवाहालाई पक्राउ गरेको हो।

जिल्लाको बौधीमाई नगरपालिका–७ छोटी बंकुल हुँदै भारततर्फ गइरहेको बागमती प्रदेश ०२–०३८ प–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा एक हजार दरको ३४२ र पाँच सय दरका ५०४ थान गरी कुल ५ लाख ९४ हजार रुपैयाँ बरामद भएको इन्स्पेक्टर पाटामगरले बताएका छन्।

Advertisement

बरामद रुपैयाँ, मोटरसाइकलसहित ४५ वर्षीय  कुशवाहालाई आवश्यक कारबाहीका लागि जिल्ला  भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। साभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *