Categories समाचार

५३ तोला चाँदीका गरगहनासहित सुनसरीका दुईजना पक्राउ

Advertisement

बारा । बारामा प्रहरीले ५३ तोला चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा सुनसरीकाे धरान उपमहानगरपालिका वडा नम्बर ५ का गुजराज विश्वकर्मा र सुनसरीकै इटहरीका बद्री विश्वकर्मा रहेका छन् ।

Advertisement

बाराबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेशको ०२–०२७ प १८५१ नम्बरको स्कुटरलाई पथलैयामा राेकेर प्रहरीले चेकजाँच गर्ने क्रममा स्कुटरमा सवार विश्वकर्माद्वयकाे साथबाट ती गरगहना बरामद भएकाे प्रहरीले जनाएको छ ।

Advertisement

उनिहरुकाे साथबाट चाँदीका लकेट २२ थान, औँठी ३३ थान, मंगलसुत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान गरी ५३ तोला चाँदीका गहना बरामद गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

चाँदीका गहनासहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *