Categories समाचार

नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा नवनिर्मित पुस्तकालयको उदघाटन

Advertisement

वीरगन्ज । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा नवनिर्मित पुस्तकालयको बिहीबार उदघाटन गरिएको छ।पत्रकार महासंघ पर्सा शाखाकाे सभाकक्षमा वीरगन्ज लेडिज सर्कलले डेढ लाख रुपैयाँको लागतमा पुस्तकालय निर्माण गरिदिएकाे हाे ।

उक्त पुस्तकालयको बिहीबार नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले उदघाटन गरेका हुन् ।अध्यक्ष तिवारीले वीरगन्ज लेडिज सर्कलले करिब एक दशक देखि गर्दै आएको विभिन्न समाजिक कार्यक्रम अन्तर्गत पत्रकारहरुको लागि पुस्तकालय बनाएकोमा खुशी व्यक्त गरे ।उनले पत्रकारहरुको लागी अध्ययन पनि आवश्यक रहेकाले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आउने पत्रकारले लाईब्रेरीमा बसेर पढ्न सक्ने बताए।

Advertisement

अध्यक्ष तिवारीले मधेस प्रदेशमै सुबिधा सम्पन्न भवनमा नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पुस्तकालय स्थापना गर्नेलाई धन्यवाद व्यक्त गरे।

Advertisement

कार्यक्रममा बोल्दै वीरगन्ज लेडिज सर्कलकी अध्यक्ष प्रीति खेतानले पनि पत्रकारहरुको लागि पुस्तकालयको आवश्यक्तालाई पूरा गरेकोमा खुशी लागेको बताइन् । साथै उनले पत्रकारहरुको लागि अगामी दिनमा पनि अवश्यकता अनुसारको सहयोग गरिरहने आश्वासनपनि दिइन्।

कार्यक्रमको सहजीकरण वीरगन्ज लेडिज सर्कलकी उपाध्यक्ष खुश्बु सिंघानीयाले गरेकी थिइन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *