Categories पत्रपत्रिका

दलित किशोरसँग प्रेम गरेको भन्दै बुबाले गरे छोरीको हत्या

Advertisement

बारा । दलित किशोरसँग प्रेम गरेको भन्दै १५ वर्षीया छोरीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा बाराको फेटा गाउँपालिका-१ त्रिवेणी टोलका हरिन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

महतोले साउन ११ गते छोरी कोशिलाको हत्या गरी पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुलनजिकै इमृतिया खोलाकिनारमा फालेको प्रहरीले बताएको छ ।

Advertisement

कोशिलाको शव पर्सा प्रहरीले साउन १३ गते फेला पारेको थियो । शरीर र टाउको छुट्टाछुट्टै पारी हत्यास्थलबाट ५० मिटर दुरीमा फालिएको अवस्थामा कोशिलाको शव फेला परेको थियो ।

प्रहरीको अनुसन्धान जारी राखेको थियो । पाँच महिनापछि अर्थात् करिब २० दिनअघि मात्रै शवको पहिचान भएको बारा प्रहरीले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *