Categories एजेन्सी

एक युवकमाथि ७७ जनाको हत्या र १२० जनाको हत्या प्रयासको अभियोग

Advertisement

एजेन्सी । दक्षिण अफ्रिकामा एक युवकमाथि ७७ जनाको हत्या र १२० जनाको हत्या प्रयास गरेको अभियोग लागेको छ।

मंगलबार पक्राउ परेका २९ वर्षीय युवकले आफूमाथि लगाइएको उक्त अभियोग स्वीकार समेत गरेका छन्।

Advertisement

दक्षिण अफ्रिकाको गउटेङ प्रान्तको प्रहरी प्रवक्ता दिमाकात्सो नेभुहल्वीले ती संदिग्ध अघिल्लो वर्ष मध्य जोहानेसबर्गको डाउनटाउनस्थित पाँच तले भवनमा आगालागी भएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका हुन्।

Advertisement

प्रहरीले ती युवकको परिचय भने खुलाएको छैन।

अघिल्लो वर्षको अगस्ट ३१ मा जोहानेसवर्गको पाँच तले भवनमा आगलागी हुँदा त्यहाँ ७७ जनाको मृत्यु भएको थियो। तीमध्ये १२ जना बालबालिका थिए। ५० जनाभन्दा बढी जलेर गम्भीर घाइते भएका थिए।

पक्राउ परेका युवकमाथि त्यतिबेला आगलागीमा मृत्यु भएका ७७ जनाको हत्या अभियोग र घाइते १२० जनाको हत्या प्रयास गरेको अभियोग लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सोधपुछका क्रममा ती युवकले आफूमाथि लागेको आरोप स्वीकार गरेको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। ती युवक लागु औषध कारोबारी भएको र लागुऔषध कारोबारकै क्रममा मारिएका व्यक्तिलाई जलाउने क्रममा भवनमा आगलागी हुनसक्ने आकलन अधिकारीहरूले गरेका छन्।

 यसबारेमा अनुसन्धान भइरहेको र आगो लाग्नुको कारण यकिन भइनसकेको बताइएको छ।

 तर, आगलागी भएको उक्त भवन बेवारिसे रहेको र स्थानीय ग्याङहरूले कब्जामा लिएर सस्तोमा भाडामा लगाएको र त्यहाँ आप्रवासी र विपन्न नागरिकरहरू बस्ने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *