Categories Headlines समाचार

मुलुकको राजनीतिमा अझै अस्थिरताको बादल मडारिरहेको छ : माधव नेपाल

Advertisement

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको वर्तमान राजनीतिमा अझै पनि अस्थिरताका बादल मडारिरहेको बताएका छन् । आइतबार पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले २०७९ को निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलन र समीकरणहरुमा केही केही फेरबदल आए पनि राजनीतिक अस्थिरता कायमै रहेको बताएका हुन् ।

‘मुलुकको राजनीतिमा अझै पनि अस्थिरताका बादल मडारिरहेका छन्’, अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन्,‘यसबिच आम निर्वाचन २०७९ को निर्वाचन परिणामले निर्माण गरेको राजनीतिक शक्ति सन्तुलनमा खासै परिवर्तन भएको छैन ।’

Advertisement

अहिले पनि संसदमा १२ वटा राजनीतिक दल कायम रहेको भन्दै उनले २०७९ को निर्वाचनपछि सरकारको समीकरण बदलिएर सात दलीय गठबन्धन कायम रहेको र प्रचण्ड नेतृत्वको सरकारले जनपक्षीय काम गरिरहेको बताएका छन् । तर उनले मुलुकको आर्थिक अवस्था सन्तोषजनक नरहेको बताएका छन् ।साभार

Advertisement

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *