Categories पत्रपत्रिका

राप्रपामा आन्तरिक विवाद चुलिँदै

काठमाडौँ । कोशी प्रदेश सभामुखको को विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक विवाद चुलिँदै गएको छ । पार्टी केन्द्रीय समितिका पदाधिकारीबीच पार्टी सरकारमा सहभागी नहुने भन्ने अनौपचारिक सहमति भए पनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितको सहभागितामा कोशी प्रदेशमा अम्बरबहादुर विष्टलाई सभामुख बनाएपछि पार्टीमा विवाद उत्पन्न भएको हो ।

सोही विषयलाई लिएर पछिल्लो समय राप्रपाका अध्यक्ष लिङ्देन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबिच टकराब सुरु भएको छ। बागमती प्रदेशमा सभामुख हुँदा कोशीमा किन नहुने भन्ने एकाथरीको बुझाइ छ भने अर्काथरीका नेताले पार्टी सरकारमै भएको अवस्थामा बागमतीमा गठबन्धनभित्रको सहमतिअनुसार सभामुख लिएको र अहिलेको अवस्थामा भागबन्डामा पदीय जिम्मेवारी लिन नहुने तर्क गर्दै आएको छ ।

Advertisement

कोशीमा गत पुस २४ गते विष्टलाई सभामुख बनाउने निर्वाचन प्रक्रिया चलिरहँदा वरिष्ठ नेता डा.  प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा निर्देशन समितिले उम्मेदवारी फिर्ता लिन निर्देशन जारी गरेको थियो । तर, लोहनी नेतृत्वको निर्देशन समितिले दिएको निर्देशनबारे राप्रपाले पार्टीमा अहिलेसम्म औपचारिक निर्णय लिएको छैन ।

Advertisement

वरिष्ठ उपाध्यक्ष मिश्रले भने निर्देशक समितिको निर्देशनअनुसार पार्टीले कोशी प्रदेशमा सभामुख बनेका विष्टलाई फिर्ता बोलाउनुपर्ने जिकिर गर्दै आएका छन्। यद्यपि, निर्देशन समितिको निर्देशनका विषयमा पार्टीमा छलफल नहुने अध्यक्ष लिङ्देनको भनाई छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *