Categories अर्थ

दिनसम्म स्थिर रहेको सुनको मूल्य आज बढ्यो

Advertisement

काठमाडौं । विगत तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य सोमबार भने बढेको छ ।

बिहीबार, शुक्रबार र आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा सोमबार ३ सय रुपैयाँले बढेर १ लाख १८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि यसको असर देखिएको हो ।

Advertisement

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिनसम्म प्रतितोला १४ सय रुपैयाँ रहेको चाँदी सोमबार १४ सय ५ रुपैयाँ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *