वीरगंज । पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवम नेकपा एमालेका नेता राजकुमार गुप्ताका स्वकीय सचिव मोहम्मद निजामले चालाएको गाडीको ठक्करबाट एकजना महिला गम्भीर घाईते भएर काठमाडौंमा उपचार चलिरहेको छ ।
वीरगंजस्थित भवानी अस्पताल नजिकै गत माघ १२ गते शुक्रबारका दिन निजामले चालाएको बी.आर ०६ सी.एक्स ५०२६ भारतीय नम्बरको कारले बारा निवासी रमेश प्रसाद साहको ना ५० प ६५४० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । सोहि दुर्घटनामा परेर उक्त मोटरसाईकलमा सवार साहकी श्रीमती बारा निवासी बिन्दु देवी गम्भीर घाईते हुनुभएकी जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घाईते बिन्दु देवीको टाउकोमा गम्भीर चोट लागेकोमा उपचारको लागी एल.एस न्युरो अस्पताल परवानीपुरमा तत्काल पुर्यईको तर त्याहा उपचार सम्भव हुन् नसकेकोमा थप उपचारको लागी काठमाडौंस्थित नेपाल मेडीसिटि अस्पतालमा लागिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।
पर्साका प्रहरी प्रवक्ता समेत रहनुभएको थापले ठक्कर दिने मोहम्मद निजाम फरार रहेको र अहिले खोजि तथा अनुसन्धान भईराहेको बताउनुभयो । घाईते महिलाको मस्तिष्कमामा घम्भिर चोट लागेले नेपाल मेडीसिटी अस्पातलमा ऑपरेशन भएको छ । साभार






