Categories समाचार

खैराे हिराेइनसहित वीरगंजबाट ३ जना पक्राउ

Advertisement

वीरगंज । प्रहरीले वीरगंजबाट खैराे हिराेइनसहित ३ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं.१६ का ६१ बर्षिय राजबली महतो, ४५ बर्षिय मनाेहर महताे र बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ५ का ३७ बर्षिय अबधेश प्रसाद पटेल रहेका छन् ।

बिशेष सूचनाको आधारमा प्रहरी चौकी बसपार्क तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले माघ १२ गते दउसाे १२ बजे वीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थितबाट तीनै जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले वताए ।

Advertisement

उनका अनुसार चेकिङ टोलीले गस्ति गर्दै जाने क्रममा वीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थित सडकखण्डमा तिनै जना व्यक्तिहरू संकाष्पद रूपमा बाटोको छेउमा उभी एकआपसमा कुराकानी गर्दै थिए ।

Advertisement

संकाष्पद देखिएका निजहरूलाई खानतलासी गर्दा राजबली महतोले लगाएको ज्याकेटको दाहिने खल्तीबाट १ वटा सेतो रंगको प्लाष्टिकमा बेरी लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ ५० ग्राम, मनोहर महतोले लगाएको ज्याकेटको दाहिने खल्तीबाट १ वटा सेतो रंगको प्लाष्टिकमा बेरी लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ ५० ग्राम र अबधेश प्रसाद पटेलकाे साथबाट १०० ग्राम खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ फेला परेकाे हाे ।

लागु औषध सहित पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेकाे प्रवक्ता थापाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *