Categories समाचार

लागू औषध गाँजासहित हेटौंडाका एक युवक पक्राउ

Advertisement

वीरगंज । बारा प्रहरीले लागू औषध गाँजासहित १ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर, हेटौडा नगरपालिका वडा नं. ३ बस्तीपुर निवासी २७ बर्षिय पवन गिरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय जीतपुर, बाराबाट खटिएको प्रहरी टोलिले मंगलबार विहान ८:४५ बजे बाराकाे जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.७ स्थित टेढा रोडबाट गिरीलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले बताए । 

Advertisement

टेढा रोडदेखि पर्साकाे मिलन चौक तर्फ जादै गरेको पैदल यात्री गिरीलाई शंका लागि चेक जाँच गर्दा निजले बोकेको २ वटा झोला भित्र ५/५ किलोको दरले १० किलो लागू औषध गाँजा वरामद भएकाे प्रवक्ता न्याैपानले जानकारी दिए ।

Advertisement

फेला परेकाे लागु औषधसहित गिरीलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको प्रेस विज्ञप्ती मार्फत जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *