Categories समाचार

जनकपुरबाट चारजना सुनचाँदी व्यवसायी पक्राउ, विरोधमा प्रदर्शन

वीरगन्ज । जनकपुरबाट चारजना सुनचाँदी व्यवसायीलाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलराम ज्वेलर्सका संचालक बलराम साहसहित चारजना रहेको जनाएको छ ।

उनीहरुलाई राजश्व छलेको आशंकामा पक्राउ गरिएको छ । बिलबिजक मागेपछि नदिँदा उनीहरुलाई पक्राउ गरेको बुझिएको छ ।

Advertisement

विभागले सिरहाको मिर्चैयाबाट समेत एक सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ ।
पक्राउ गरेको विरोधमा जानकी मन्दिर स्थित सोनारपट्टी बजारमा व्यवसायीले पसल बन्द गरेर प्रदर्शन गरिरहेका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *