Categories अर्थ

आज प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

वीरगञ्ज । नेपाली बजारमा सुनको मूल्य बिहीबार पुनः बढेको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा बिहीबार प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार प्रतितोला १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ५ सय रुपैयाँले बढ्दै १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार स्थिर रहेको चाँदीको मूल्य भने बिहीबार तोलामा १० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार, बिहीबार चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *