Categories समाचार

प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा वीरगञ्जमा पनि निकालियो प्रभातफेरी

Advertisement

वीरगञ्ज ।  प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा आज वीरगञ्जमा प्रभातफेरी निकालिएको छ । प्रेस चौतारी नेपाल पर्सा शाखाको आयोजनामा प्रभातफेरि निकालिएको हो ।

वीरगञ्जको घण्टाघरबाट निकालिएको प्रभातफेरी नगर परिक्रमण गरि पुन्नः घण्टाघर चोकमा आई कोण सभामा परिणत भएको थियो ।

Advertisement

चौतारीका पर्सा अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारी नेपाल मधेश प्रदेश सह – इन्चार्ज श्याम बञ्जारा , एमालेका प्रचार विभाग सदस्य महेश दास, नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष अनुप तिवारी लगायत अग्रज पत्रकारहरुले चौतारीको योगदान र आगामी दिनको गतिशिलता बारे आ-आफ्नो धारणा राखेका थिए ।

Advertisement

सो कार्यक्रममा शत्रुघ्न नेपाल, सन्जिव मिश्र, किरण पाण्डे, महेशचन्द्र गौतम, किरण सत्याल लगायत अग्रज पत्रकार सहित पर्सेली पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कोणसभा कार्यक्रमको सहजिकरण चौतारी पर्साका सचिव राकेश कुमार साहले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *