Categories समाचार

सवारी दुर्घटनामा नापी कार्यालयका प्रमुखसहित ११ जना घाइते

Advertisement

सर्लाही । मलंगवा-नवलपुर सडकखण्डअन्तर्गत मलंगवा नगरपालिका-११ गम्हरियामा भएको सवारी दुर्घटनामा नापी कार्यालय मलंगवाका प्रमुखसहित ११ जना घाइते भएका छन् ।

सोमबार साँझ करिब आठ बजे मलंगवाबाट नवलपुर आउँदै गरेको भारतीय बिआर ०६ पिढी ९६४८ नम्बरको स्कारपियो मलंगवा नगरपालिका-१० स्थित गम्हरियामा उखु बोकेको ज २ त १०६७ नम्बरको ट्रयाक्टरसँग पछाडिबाट ठोकिदा नापी कार्यालय मलंगवाका प्रमुख संजय मानन्धरसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रक्ता एवम प्रहरी नायव उपरीक्षक दिपेन्द्र पश्ञ्चिार थारुले जानकारी दिए ।

Advertisement

उनका अनुसार, दुर्घटनामा नापी कार्यालय मलंगवाका प्रमुख माननधर, वैधनाथ राउत, अजय कुमार यादव, बैजु यादव, रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, साहिद अनवर, रामबाबु राय र रिपेन यादव घाइते भएका हुन् ।

Advertisement

घाइतेहरुलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगंज पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *