Categories समाचार

बसले किचिएर २ वर्षिया बालिकाको मृत्यु, चालक नियन्त्रणमा

Advertisement

वीरगञ्ज । बारामा बसले किचिएर २ वर्षिया बालिकाको मृत्यु भएको छ । सुवर्ण गाउँपालिका वडा नम्बर ३ संजगंजमा यात्रुवाहक बसले किचिएर बालिकाको मृत्यु भएको हो ।

कलैयाबाट संतगंज जादै गरेको ना ३ ख ९९९० नंबर (बाबा डिलक्स) को यात्रुवाहक बसले किचिएर त्यही बसमा सवार रहेकी २ वर्षिया बालिकाको मृत्यु भएको हो । कलैया उपमहानगरपालिका वडा नम्बर ८ बस्ने  अन्तिमा कुमारीले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Advertisement

कलैयाबाट मामाघर भारतको अठमुहान जाने क्रममा बसबाट तल झरेर जाँदा बसले किचिएर गम्भीर घाइते भएकी अन्तिमालाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो । अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरेको डिएसपी न्यौपानेले बताए । 

Advertisement

बालिकाको मृत्युपछी संतगंजको अवस्था तनावग्रस्त बनेको थियो । स्थानियले बसमा आगजनी र तोडफोड गरेका थिए । बस चालक कलैया उपमहानगरपालिका वडा नम्बर २७ बस्ने ४० वर्षिय मुरारी चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *