वीरगञ्ज । स्कुल बसको ठक्करबाट जनकपुरधाममा एक जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान करिब ८ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका – २३ बेला स्थित बा २ क ७६० नम्बरको स्कुल बसले साइकलमा सवार भारतको मधुवनी जिल्ला घर भई जनकपुरधाम २३ मा बस्दै आएका २७ वर्षीय ममताज कवारीको मृत्यु भएको हो ।
बसको ठक्करबाट घाइते भएका कवारीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
उनका अनुसार गाडी चालक महोत्तरीको रामगोपालपुर नगरपालिका – ५ का अन्दाजी २७ वर्षीय रामजस मण्डल र बस प्रहरीको नियन्त्रणमा रहेको छ ।






