Categories समाचार

पाँच करोड फिरौती मागेको आरोपमा दुई जना पक्राउ

Advertisement

पोखरा । पोखराको दीपस्थित सच्चाई केन्द्रका अध्यक्षसँग फिरौती मागेको आरोपमा २ जना पक्राउ परेका छन् ।

सच्चाई केन्द्रका केन्द्रीय अध्यक्ष प्रकाशदीप गैरेसँग ५ करोड मागेको आरोप उनीहरूमाथि छ । 

Advertisement

पक्राउ पर्नेमा कुस्मा २ का ३६ वर्षका लक्ष्मण दर्जी र ४२ वर्षका दीपकबहादुर क्षेत्री छन् । दर्जी ४ वर्ष कतार बसेर अघिल्लो महिना फर्किएका थिए ।

Advertisement

उनीहरूको साथबाट गाँजा, हतियार, खुकुरी र मोबाइल तथा नेपाल र भारतका सिम बरामद गरिएको कास्की प्रहरी प्रमुख मोहनकुमार थापाले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *