Rato Pana
समाज

सरस्वती पूजाको नाममा पनि बिधालयहरुको कमाउधन्दा

श्याम सरार्फ
वीरगन्ज ।
सरस्वती पूजाको नाममा वीरगन्जका निजी तथा सामुदायिक बिधालयहरुले विभिन्न डर त्रास देखाई चन्दा संकलन गरिरहेको पाइएको छ ।

बिधार्थी जीवनमा हर्षोल्लासका साथ मनाइने सरस्वती पूजा बालबालिकाहरुका लागि निकै महत्त्वपूर्ण र दशै दिपावली भन्दा कम हुदैन । धार्मिक आस्था र श्रद्धा संग जोडिएको यस पूजालाई समेत बिधालयहरुले व्यापारीकरण गर्दा निम्न आय भएका अभिभावकहरु मर्कामा पर्ने गरेका छन् ।

पछिल्लो समय पाठ्यपुस्तक, ड्रेस र विभिन्न गतिविधिका नाममा पैसा उठाउँदै आएका बिधालयहरुले धार्मिक अनुष्ठानलाई समेत कमाउने माध्यम बनाएर विभिन्न डर त्रास र झेलझाल गर्दै मनपरि हिसाबले प्रत्येक बालबालिकाहरुबाट सय रुपैयाँ देखि पाँच सय रुपैयाँ सम्म उठाउने गरेको नाम नबताउने सर्तमा अभिभावकहरुले बताएका छन् ।

पैसा नदिए परिक्षामा फेल हुने, पूजाको दिन बिधालयमा प्रवेश गर्न नदिने र प्रसाद/भोजभतेर खान नपाउने जस्ता कुराहरु अबोध बालबालिकाहरुलाई सुनाइदै छ´ एक अभिभावकले गुनासो गरे । उनले भने,स्वेच्छाले माग्ने र दिने सम्म ठिक थियो तर कलिला उमेरका बालबालिकाहरुका अगाडि विभिन्न डर त्रास देखाई उर्दी नै जारी भइरहेको देख्दा यसबाट बालबालिकाहरुमा नराम्रो असर पर्ने बताए ।´

नर्सरी कक्षामा पढ्ने बिधार्थीको हरेक महिना १ हजार देखि १५ सय सम्म लिने र कोही कोही त त्यो भन्दा बढी लिनेहरुलाई त्यस पैसा बाट नपुगेर पूजाको नाममा २ सय देखि ५ सय सम्म जम्मा गर्न लगाएको देख्दा आश्चर्य लागेको अर्का एक अभिभावक ले बताए । उनका अनुसार, `विरोध गर्यो भने नास्तिक भएको आरोप लाग्ला वा आफ्नो बालबालिकाहरुसंग राम्रो व्यवहार नहोला भनेर बिधालयले जे भन्यो तै गरिँदै छ ।´

हुन पनि हो बिधालयहरुले भनेको डिमाण्ड पुरा नगर्दा आफ्नै बालबच्चाको अगाडि खराब भइन्छ कि भन्ने डर र बिधालयबाट अपहेलित हुनुपर्ने पिरले पनि खोजेर भएपनि दिनुपर्ने अवस्था देखिन्छ ।

पूजा मनको भावले गर्ने कर्म हो यसमा आडम्बर गरेर केही नहुने भएकोले नियमनकारी संस्थाहरु आँखा पुग्न आवश्यक देखिएको छ ।

सम्वन्धित समाचार

Leave a Comment