Rato Pana
समाचार

सान्भी फाउन्डेसनलाई हराउँदै फाइनलमा पुग्यौं एम.एस धोनी फ्यान क्लब

वीरगञ्ज । एम.एस धोनी फ्यान क्लबले सान्भी फाउन्डेसन नेपाललाई ३२ रनको अन्तरले पराजित गर्दै फाइनल खेलका लागि स्थान बनाएको छ ।

वीरगञ्जको आदर्शनगर रंगशालामा जारी टि–फिफ्टीन च्यारिटी क्रिकेट प्रतियोगीताअन्र्तगत शुक्रबार भएको खेलमा एम.एस धोनी फ्यान क्लब ३२ रनको अन्तरले विजयी भएको हो । 

टस जितेर ब्याटिङ् गरेको एम.एस धोनी फ्यान क्लबले १४.५ ओभरमा ८ विकेटको क्षतिमा १०५ रनको योगफल तयार पारेको थियो । रोहन सरार्फले सर्वाधिक रन बनाए ।

निर्धारित मध्ये १२ ओभरमा सान्भी फाउन्डेसनले १० विकेट गुमाएर ७३ रनमै समेटियो । प्रतियोगीतामा रोहन सरार्फ प्लेयर अफ दी म्याच घोषित भए । 

भोलि शनिबार हुने खेलमा एम.एस धोनी फ्यान क्लब र स्प्रिट क्लब वीरगञ्ज भिड्नेछन् ।

सम्वन्धित समाचार

Leave a Comment