Categories रासस

नारायणीमा विशिष्टीकृत सेवा सुरु भएपछि उपचार गराउन आउनेको संख्यामा वृद्धि

Advertisement

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा विशिष्टीकृत सेवा सुरु भएपछि उपचार गराउन आउने बिरामीको संख्यामा वृद्धि भएको छ।

अस्पतालले दक्ष चिकित्सकको निगरानीमा एमआरआई, सिटिस्क्यान, डाइलोसिस, इन्डोस्कोपी, इकोलगायत विशिष्टीकृत सेवा शुलभ मूल्यमा प्रदान गर्न थालेपछि उपचार गराउन आउने बिरामीको संख्या २३ प्रतिशतले वृद्धि भएको हो ।

Advertisement

गत आर्थिक वर्षको पहिलो ६ महिनामा एक लाख १० हजार चार सय २६ बिरामी उपचारका लागि अस्पताल आएको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २५ हजार दुई सय ७६ जना बढी अर्थात् एक लाख लाख ३५ हजार सात सय दुई बिरामीले उपचार गराएको नारायणी अस्पतालका सूचना अधिकृत डाक्टर उदयनारायण सिंहले जानकारी दिए।

Advertisement

उनले अस्पतालबाट वितरण गरिने सेवाप्रति जनमानसमा बढ्दै गएको विश्वासले बिरामीको संख्या बढेको बताए।

अस्पतालमा उपचार गराउनेहरुमा नेपाली मात्र नभई १० प्रतिशतभन्दा बढी सीमावर्ती भारतीय सहरबाटसमेत आउने बिरामी रहेकाे सूचना अधिकारी सिंहले जानकारी दिए।

अस्पतालबाट उपलब्ध गराउने सेवा अन्य अस्पतालको तुलनामा ४० प्रतिशतसम्म सस्तो र गुणस्तरीय भएकाले बारा, पर्सा, रौतहट, सर्लाहीलगायत सीमावर्ती भारतीय सहरबाट दैनिक एक हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *