वीरगन्ज । वीरगन्ज को राधेमाई स्थित रहेको वागीश्वरी एकेडेमीले आयोजना गरेको निशुल्क आँखा, दात तथा कानको चेकजाँच शिविरबाट लगभग २ सय ७५ जना लाभान्वित भएका छन् ।
शनिबार बिधालयको प्रांगणमा आयोजित निशुल्क शिविरमा बिधार्थी, अभिभावक तथा सर्वसाधारणले समेत लाभान्वित भएका हुन ।
प्रतीक दैनिक पत्रीकाका प्रधान सम्पादक जगदीश शर्माको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा दृष्टि आँखा अस्पतालका डाक्टर हरि शर्माको टोली र एभरेष्ट दन्त सेवा क्लिनिकका डाक्टर उपाध्यायको टोलीले प्राविधिक सहयोग गर्नुभएको स्कुलका दिपक पटेलले जानकारी गराए ।
प्राविधिक टोलीमा सहभागीहरुलाई प्रमुख अतिथि शर्माले प्रशंसा पत्र प्रदान गरि सम्मान गरेका थिए ।






