Categories स्वास्थ्य

नारायणी अस्पतालको प्रसूती विभागमा २० शैयाको सुविधासम्पन्न पिएनसी वार्ड सञ्चालन

Advertisement

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा रहेको प्रसूती विभागमा २० शैयाको सुविधासम्पन्न पोष्ट नेटल केयर(पिएनसी) वार्ड सञ्चालनमा आएको छ । आइतबार उपराष्ट्रपति रामसहाय यादवले समुद्घाटन गरेसंगै उक्त वार्ड सञ्चालनमा आएको हो ।

केएनपी जपान प्रालिले करिब ४५ लाख रुपयाँको लागतमा जपानी प्रविधि मार्फत निर्माण गरि अस्पताललाई हस्तान्तरण गरेको उक्त वार्ड आइतबार उपराष्ट्रपति यादवले उद्घाटन गरेसंगै सञ्चालनमा आएको अस्पतालका मेडिकल सुपरिडेन्टेण्ड डा. चित्तरत्तजन साहले बताए ।

Advertisement

उनका अनुसार, यसअघि अस्पतालमा ६९ शैयाको प्रसूती विभाग सञ्चालनमा थियो । प्रसूती गराएपछि आमा र शीशुलाई कम्तिमा २४ घण्टा अस्पतालमै राख्नुपर्ने नियम भएपनि पएनसी वार्ड नहुदाँ तत्कालै डिस्चार्ज गर्नुपर्ने बाध्यता थियो ।तर अब पिनएसी वार्ड सञ्चालनमा आएपछि आमा र शीशुलाई उक्त सेवा दिन सहज हुने मेसु साहले बताए ।

Advertisement

अस्पतालमा पिएनसी वार्ड सञ्चालनमा आएपछि उक्त वार्डबाट महिनामा ६ सय र वर्षमा सात हजार दुई सय सुत्केरीले सेवा पाउने अस्पताल विकास समितिका अध्यक्ष धिरज कुमार गुप्ताले बताए ।

अस्पतालको प्रसूती विभागमा पिएनसी वार्डको अभावमा सुत्केरी महिलाको उपचारमा समस्या भएको जानकारी आएपछि केएनसी जापान प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत ४५ लाख रुपैयाँको लागतमा उक्त वार्ड निर्माण गरिदिएको प्रालिका सञ्चालक अशोक बैद्यले बताए । सम्झौता भएको दुई महिनाभित्रै उक्त वार्ड निर्माण गरि अस्पताललाई हस्तान्तरण गरिएकोपनि उनले जानकारी गराए ।

पिएनसी वार्डको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नारायणी अस्पतालामा पिएनसी वार्डको निर्माणले अस्पतालमा बिरामीको उपचार र सेवामा थप सहजता पुग्ने विश्वास लिएको बताए । उनले सरकारी अस्पतालको पूर्वाधार र सेवाको गुणस्तर विस्तारमा सरकारसंगै नीजी क्षेत्रको सहकार्य बढ्दै गएकोमा खुशी व्यक्त गरे । उनले बिरामीले गुणस्तरीय उपचार पाउनका लागि सरकारी अस्पतालको पूर्वाधारसंगै सेवापनि चुस्त बनाउनुपर्नेमा जोड दिए ।

समुद्घाटन कार्यक्रममा बोल्दै संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले वीरगन्जमा मधेस प्रदेशकै एक मात्र टर्सरी अस्पताल छिट्टै निर्माण हुने बताए । उनले भने,‘ वीरगन्जमा छिट्टै संघीय सरकारले प्रदेशकै एकमात्र टर्सरी अस्पताल निर्माण गर्दैछ । त्यसका लागि स्वास्थ्यमन्त्रालयले प्रकृया अगाडि बढाइसकेको छ ।’

अस्पताल विकास समितिका अध्यक्ष गुप्ताको अध्यक्षता तथा उपराष्ट्रपति यादवको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा पूर्वमन्त्री तथा जसपा नेपालका प्रमुख सचेतक प्रदीप यादव , नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य अजय चौरसिया, प्रतिनिधी सभा सदस्य प्रभु हजरा, प्रदेशसभा सदस्यहरु जनार्दन सिंह क्षेत्री र श्याम पटेल , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह,उपमेयर इम्तियाज आलम लगायतकोपनि उपस्थिती थियो । मधेसखबरबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *