Categories समाचार

विन्दवासिनी गाउँपालिकामा न्यायिक समितिको कार्यालयको समुद्घाटन सम्पन्न

Advertisement

वीरगन्ज । पर्साको विन्दवासिनी गाउँपालिकाको सोमबार न्यायिक समितिको कार्यालयको समुद्घाटन सम्पन्न भएको छ । गाउँपालिका उपप्रमुख ज्योती देवी चौरसिया र जिल्ला समन्वय समितिका उपप्रमुख पुरन प्रसाद कुर्मीले संयुक्त रूपमा समुद्घाटन गर्नु भएको हो ।

उद्घाटन पस्चात उपप्रमुख चौरसियाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आर्थिक वर्ष २०८०र८१ मा अहिलेसम्म यस पालिकामा ८८ वटा मुद्दा दायर गरिएको र त्यसमध्ये ४५ वटा मुद्दाहरू टुंग्याएको उनले बताइन् । खासगरी आपसी झैझग्डा, जग्गाको लेनदेन, महिला हिँसा, कुटपिट लगायतका मुद्दाहरू पर्ने गरेको उनले बताइन् ।

Advertisement

आफु निर्वाचित भएर आइसकेपछि गाउँपालिकामा परेका मुद्दाहरुको छलफल गर्न गाह्रो हुँदा न्यायिक समितिको छुट्टै कार्यालय बनाउनका लागि पहल गरेको र आज यो कार्यालय हुँदा आफूलाई खुशीको साथ साथै अब काम गर्नमा पनि सजीलो हुने उनले बताइन् ।

Advertisement

एक फरक प्रसङ्गमा उपप्रमुख चौरसियाले हामीकहाँ आएका अधिकांश उजुरीहरुलाई गाउँपालिकामै समाधान गर्गे गरेको बताइन् । उनले भनिन् ू यस गाउँपालिकामा श्रीराम श्रीमतीबिचको झै झग्डा सम्बन्धी उजुरीहरु आउँछन् सकभर हामी वहाँहरुलाई सम्झाई बुझाई गरेर पठाउछौ, पैसा लेनदेनको पनि उजुरीहरु आउँछन्, जग्गा जमीनको उजुरीहरु आउँछन्, महिला हिँसाका उजुरीहरु आउँछन् यी सबै समस्याहरूलाई हामी सकभर पालिका मै सम्बन्धित मानिसहरूलाई बसाएर समाधान गर्ने गरेको बताइन् ।

कहिले काँही हाम्रो अधिकारको बाहिरको विषय आउँदा हामी वहाँहरुलाई सम्बन्धित ठाउँमा गएर सम्पर्क गर्न सल्लाह पनि दिँदै आएको उनले बताइन् । उदघाटनको अवसरमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, न्यायिक समितिका सदस्य प्रेम मुखिया विन, अधिवक्ता रामनाथ कुशवाहा,नरेश चौहान ,स्थानिय प्रहरी, न्यायिक समितिका कर्मचारी कोशल्या साह , गाउँपालिका कर्मचारीहरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । पर्सा जिल्लामा स्थानीय निकायमा इजलास वीरगन्ज महानगरपालिकापछि यो दोस्रो न्यायिक समितिको कार्यालय हो जुन सञ्चालनमा रहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *