Categories समाचार

वीरगञ्जमा भोलीदेखि जुत्ता–चप्पल एक्स्पो मेला सुरु हुँदै

वीरगञ्ज । वीरगञ्जमा एक महिनासम्म जुत्ता–चप्पल व्यापार मेला आयोजना हुने भएको छ । बुधबारदेखि एक महिनासम्म मेला आयोजना हुने मंगलबार पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएका छन् । मेलामा नेपाल र भारतका करिब २ लाख भन्दा बढी उपभोक्ता एवं ग्राहकले अवलोकन गर्ने दावी आयोजकको छ ।

एक महिना सम्म चल्ने ‘दोस्रो वीरगंज फुटवेयर एक्स्पो २०८०’ मेलामा करिब तीन करोड रुपैयाँ बराबरको कारोबार हुने र ३५ देखि ४० हजार जोडि जुत्ता चप्पल विक्री हुने आयोजकले लक्ष्य राखेको छ ।
वीरगंजको लालबंगला परिसरमा लाग्ने मेलामा विभिन्न १३ वटा वटा कम्पनीका ६० भन्दा बढी स्टल रहने मेला समितिका संयोजक सुरज बन्जाडेले जानकारी दिए । मेलामा हरेक जुत्ता–चप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट हुने दाबी उनको छ ।

Advertisement

‘स्वदेशी उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु गर्न लागिएको मेलाले नेपालमा उत्पादित नेपाली जुत्ता चप्पल उत्पादनको विक्री वितरण गर्न र उपभोक्तालाई नेपाली उत्पादनको बारेमा जानकारी दिने लक्ष्य समेत रहेको आयोजक समितिका संयोजक बन्जाडेले बताए ।

Advertisement

एक्स्पो मेलामा हाईलाइफ, शु ल्याण्ड, बेली, बोस शुज, भेनस, सिल्स, वन वल्र्ड, शिखर, पि.जी.शुज, बाम्बो शुज, हिमान, हिमानी लगायतका ब्राण्डका उत्पादित जुत्ताचप्पल बिक्रीको लागि राखिने उनले जानकारी दिए ।

स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुको साथै सस्तो मुल्यमा स्तरीय फुटवेयर उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको मेला सञ्चलक समितिका बेम्बो शु का सविन काकीृले जानकारी दिए ।

भोलीदेखि सुरु हुने मेलाको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिँदै उनले विहान ११ बजे वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एक्स्पो मेलाको उद्घाटन गर्नुहुने पनि उनले जानकारी दिए ।

मेला आयोजक समितिका संयोजक बन्जाडेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारी, मेलामा सहभागि कम्पनी आइडिएल शुजका रामचन्द्र खत्री, बोस शुजका गंगा बहादुर श्रेष्ठ भेनसका जीवन कुमार श्रेष्ठ, वन वल्डका श्रीराम पाण्डे लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *