Categories समाचार

७८ जना एसपीको सरूवा, पर्सामा कुमोध ढुंगेल आउँदै

वीरगञ्ज। प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ ।

सरुवा सूची अनुसार २३ जिल्लाका इन्चार्ज परिवर्तन भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा कुमोध ढुंगेल आउने भएका छन ।

Advertisement

सर्लाहीमा कार्यरत प्रहरी उपरीक्षक प्रवीण धिताललाई नयाँ जिम्मेवारी दिइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा सरुवा गरिएको छ ।

Advertisement

हिन्दु र मुस्लिमबिच तनाव भएपछि असोज २५ मा धिताललाई सर्लाहीमा पठाउने निर्णय गरिएको थियो ।

अहिले सर्लाहीमा दयानिधि ज्ञवालीलाई पठाउने निर्णय गरिएको छ । नवराज कार्कीलाई मोरङमा सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा अपिलराज बोहरा, धादिङमा गौतम कुमार केसी, कैलालीमा पदम बहादुर विष्ट र काभ्रेपलाञ्चोकमा वसुन्धरा खड्कालाई सरुवा गरिएको छ ।

सिन्धुलीमा विनोद शर्मालाई पठाइएको छ । चितवनमा भावेष रिमाल गएका छन् । झापामा मिलन केसीलाई सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रञ्जित सिंह राठौर र महोत्तरीमा श्याम कुमार राईलाई सरुवा गरिएको छ । सन्तोष खड्का सिन्धुपाल्चोकमा सरुवा भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *