Categories समाचार

जीबी राई र रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकाे छानबिन

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सानाे पाइला सहकारी र ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई र रास्वपाका अध्यक्ष रवि लामिछानेमाथि छानबिन थालेको छ।

विभागले राई र लामिछानेको बैंकिङ खाताको विवरण मागेको छ।माघ ८ गते विभागले नेपाल बैंकसहित २० वटा बैंकलाई पत्र लेखेर राई र लामिछानेको बैंक खाता विवरण मागेको हाे।

Advertisement

विभागले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबिआई, एभरेष्ट, एनआइसी एसिया, कुमारी, कृषि विकास बैंकलगायत २० वटा बैंकलाई पत्र लेखेको हाे।

Advertisement

विभागले लेखेकाे पत्रमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको छ।

राई सानाे पाइला सहकारी ,सूर्यदर्शन सहकारी लगायतका सहकारीकाे रकम हिनामिना गरेर ठगी प्रकरणमा फरार छन्। नेपाल प्रहरीले उनीविरुद्ध डिफ्युजन नोटिस जारी गरिसकेको छ। लामिछाने राईका व्यापारिक साझेदार हुन्। ग्यालेक्सी फोरके टिभीमा राईसँग लामिछाने साझेदार थिए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्रीकाे कार्यालय मातहत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *