Categories समाचार

करिब ३ बिगहा पोखरीमा रहेको माछा मरेर लाखौको क्षति, अक्सिजनको कमीले भएको अनुमान

Advertisement

पर्सा । पर्साको धोबिनी गाउँपालिका वडा नं ५ जगरनाथपुरमा रहेको मन्दिर अगाडि पनघटवा पोखरीमा रहेको करिब ३ बिगहा पोखरीमा रहेको माछा मरेर तराएको कारण लाखौको क्षति भएको छ। माछा पोखरीमा आज दिउँसो एकासी अक्सिजनको कमी हुनसकने अनुमान गरिएको कारण पोखरीमा माछा मरेर क्षति भएको छ।

पोखरीमा अक्सिजनको कमि भएकोले माछा हरु मरेको सानसारीमाई एककृत कृषि फर्मका संचालक असोक यादवले जनाएका छन। दिउँसोको समयमा एकासी माछा मरेको खबर सुनेर पोखरी डिलमा जादा साना ठुला गरि लाखौ मूल्य बराबरको माछाको ( मृत ) मरेर पानीमा तराएको अवस्थामा फेला परेको सनसारीमाई एककृत कृषि फर्मका संचालक यादवले बताए ।

Advertisement

सो पोखरीमा एउटा पनि माछा हरु जिउदो नरहेको ठेकदार यादवले जनाए का छन। पोखरीमा माछा मरेको खबर सुनेर ठेकदारले ईलाका प्रहरी कार्यालय लंगडी र गाउँपालिकाको भेटनरी प्राबिधिक लाई जानकारी दिएपछी सो ठाउँमा प्रहरी, भेटनरी प्राबिधिक ,स्थानिय जनप्रतिनिधिहरु जादा ठूलो सानो माछा गरि लाखौ मूल्य बरारको माछा मृत् अवस्थामा पोखरी भरी मरेर तराएर क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएका छन।

Advertisement

ठेकदार असोक यादवले तिन बिगहामा रहेको पनघटवा माछा पोखरी ३४ लाख १० हजारमा पाँच वर्षको लागि ठेक्का लिएको २०७८ मा लिएको र २०८३ मा समाप्त हुने ठेक्कदार यादवले जनाएका छन।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *