Categories समाचार

भ्यालेन्टाइन डे का दिन बालिकालाई डेरामा बोलाएर बलात्कार

Advertisement

सिरहा । सिरहाकाे लहानमम बुधबार भ्यालेन्टाइन डे का दिन एक बालिका बलात्कृत भएकी छन्। लहान नगरपालिका १ स्थित अरुण यादवकाे घरमा डेरा बस्ने बस्ने १८ वर्षीय निकेश यादवले १५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

सिरहाकाे सुखीपुर नगरपालिका २ विद्यानगरकी बालिकालाई बुधबार भ्यालेन्टाइन डे मनाउने बहानमा साथीकाे डेरामा बाेलाएर यादवले बलात्कार गरेका हुन् ।आरोपित यादवलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्रराज पाण्डेले बताए।

Advertisement

प्रहरीका अनुसार बुधबार दिउँसोको घटना प्रहरीलाई अबेर राति मात्र जानकारी भएको थियो। जानकारी आएपछि प्रहरीले तत्काल आरोपित यादवलाई पक्राउ गरी अवश्यक अनुसन्धान सुरु गरेकाे पाण्डेले बताए।

Advertisement

बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण बेहोस भएकी बालिकाको लहानस्थित सप्तऋषि अस्पतालमा प्राथमिक उपचारपछि नोबेल अस्पताल विराटनगर पठाइएको छ।

परिवारजनको निगरानीमा बालिकाको उपचार भइरहेको र अवस्था सामान्य हुँदै गएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।

बलात्कार आरोपित युवक निकेशलाई पक्राउ गरी स्वास्थ्य परीक्षण गरिएको छ। इलाका प्रहरी कार्यायल लहानले घटनाकाे अनुसन्धान गरिरहेको पाण्डेले बताए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *