Categories समाचार

मृतव्यक्तिका पेन्सन खाताबाट रकम निकाल्ने राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगी पक्राउ

Advertisement

वीरगन्ज । नेपाल सरकारको निजामती सेवामा विभिन्न कार्यालयमा कार्यरत रही निवृत्तिभरण लिइरहेका कर्मचारीहरुको मृत्युपश्चात् पनि मृत्यु नभएको भनी रकम निकाल्ने राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगी पक्राउ परेका छन्। 

रामेछाप लिखु देउराली गा.पा. ६ स्थायी घर भएका पुण्‍य प्रसाद अधिकारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पक्राउ गरेको हो। 

Advertisement

उनी राष्ट्रिय वाणिज्य बैंक महाराजगन्ज शाखामा कार्यालय सहयोगी पाचौं तहमा कार्यरत रहेको खुलेको छ। अधिकारीले विभिन्न नक्कली कागजात तयार गरी पैसा निकाली ठगी गर्दै आएका थिए। 

Advertisement

प्रहरीका अनुसार मृतव्यक्तिहरुको पेन्सन पट्टा तथा चेकबुक आफूले राखी निजहरुको खाता खोल्दाको नागरिकता र पुरानो फोटो टाँस गरी नयाँ दस्तखत नमूना कार्ड बनाई कार्ड र दस्तखत नमूना परिवर्तन गर्ने निवेदन आफैँले तयार गरी पैसा निकाल्ने गरेका थिए।

हालसम्म मृत्यु भइसकेका विभिन्न ८ जना व्यक्तिहरुको नाममा आउने पेन्सन विगत केही वर्षदेखि लगातार निकाल्दै आएको खुलेको छ।

मृतक कर्मचारीहरु कृष्ण बहादुर रोक्का क्षेत्री, निना शाही, तुल्सी माया श्रेष्ठ, बद्री बहादुर खड्का क्षेत्री, सुरेश्वर देवकोटा, माधव थापा क्षेत्री, सानुचा पोडे, गायत्री कुमारी कटुवालको नक्कली कागजात तयार गरी उनले पैसा निकाल्ने गरेका थिए। 

पक्राउ परेका अधिकारीलाई बैंकिङ कसुर तथा ठगीसम्बन्धि कसुर मुद्दामा उच्च अदालत पाटनबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *