Categories समाचार

सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप

Advertisement

राैतहट । रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप हुँदा एकजना घाइते भएका छन्।

ईशनाथ–५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउ अडुवा नदीमा सेलाउन जाने क्रममा मोतिपुर गाउँमा उच्छृंखल समुहले ढुंगामुढा गर्दा स्थानीय नरेश पासवानको टाउको फुटेको तथा अन्य कैयौँ लाई चोटपटक लागेको हो।

Advertisement

सरस्वती माताको मूर्ति लिएर दर्जनौँको सङ्ख्यामा गइरहेकाहरू माथि एक्कासि ढुंगामुढा प्रहारसँगै खुर्सानीको धूलो फालिएको प्रत्यक्षदर्शी स्थानीय बाबुलाल साहले बताए।त्यस क्रममा त्यहाँ उपस्थित रहेका प्रहरी मूकदर्शक बनेको उनको भनाई छ।

Advertisement

घटनाको खबर लगत्तै रौतहटका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ घटनास्थल पुगेका छन्। हाल हिन्दु समुदायका मानिसहरू मूर्ति बाटोमै राखेर धर्नामा बसेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *