Categories समाचार

लामोसमयदेखि अल्झिएको प्रहरी समायोजनको काम सुरु

Advertisement

वीरगन्ज । लामोसमयदेखि अल्झिएको प्रहरी समायोजन कार्य सुरु भएको छ । प्रहरी समायोजन गर्न गृह मन्त्रालयले मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको संयोजकत्व पाँच सदस्यीय प्रहरी कर्मचारी समायोजन समिति गठन गरेको छ ।

समितिमा गृह मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव सह–संयोजक, प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक र मन्त्रालयका उपसचिव सदस्य तथा मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य सचिव रहेका छन् ।

Advertisement

गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणरप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति निकालेर प्रहरी कर्मचारी समायोजनसम्बन्धी काम सुरु भएको जानकारी दिएका छन् ।

Advertisement

‘‘पाँच सदस्यीय प्रहरी कर्मचारी समायोजन समिति गठन भई प्रहरी कर्मचारी समायोजन सम्बन्धी कार्य थालनी भईसकेको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ’ विज्ञप्ति उल्लेख छ ।

नेपालको संविधान तथा प्रहरी समायोजन ऐन, २०७६ बमोजिम नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन गरी संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन निरन्तर रुपमा कार्य गरिरहेको पनि गृह मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *